Online Bible

- Advertisements -




गन्‍ती 22:6 - पवित्र बाइबल

6 यसकारण अब आएर मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्, कारण तिनीहरू म भन्दा बलिया छन्। यदि तपाईंले त्यसो गर्नु भए शायद म तिनीहरूलाई परास्त पार्न सक्छु किनभने, मलाई थाहा छ, जसलाई तपाईं आशीर्वाद दिनु हुन्छ, उसलाई आशीर्वाद लाग्छ, र जसलाई तपाईंले सराप्नु हुन्छ उसलाई श्राप लाग्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 अब आएर मेरो निम्‍ति यस जातिलाई सराप दिनुहोस्, किनकि तिनीहरू मभन्‍दा ज्‍यादै शक्तिशाली छन्‌। त्‍यसो गर्नुभएमा शायद तिनीहरूलाई मैले जितेर देशबाट धपाउन सकूँला। किनभने मलाई थाहा छ, तपाईंले जसलाई आशिष्‌ दिनुहुन्‍छ त्‍यसलाई आशिष्‌ लाग्‍छ, र जसलाई सराप दिनुहुन्‍छ त्‍यसलाई सराप लाग्‍छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरूको सङ्‍ख्‍या हाम्रो भन्दा धेरै बढी छ। यसकारण तिमी आएर तिनीहरूलाई मेरो खातिर सराप देऊ। त्‍यसो भए सायद हामी तिनीहरूलाई जितेर देशबाट बाहिर धपाउन सक्‍नेछौं। म जान्‍दछु कि तिमीले आशीर्वाद दिँदा मानिसहरूले आशिष् पाउँछन् अनि तिमीले सराप दियौ भने त्‍यो सराप तिनीहरूलाई लाग्‍दछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अब तपाईं आउनुहोस्, र यी मानिसहरूलाई श्राप दिनुहोस्; किनकि तिनीहरू मेरा निम्ति अति नै शक्तिशाली छन्। सायद त्यसपछि भने म तिनीहरूलाई जित्न सकुँला र देशबाट धपाउन सकुँला। किनकि म जान्दछु, तपाईंले जसलाई आशिष् दिनुहुन्छ, तिनीहरूले आशिष् पाउँछन् र जसलाई श्राप दिनुहुन्छ, तिनीहरूले श्राप पाउँछन्।”

See the chapter Copy




गन्‍ती 22:6

Follow us:

Advertisements


Advertisements