गन्ती 21:7 - पवित्र बाइबल7 मानिसहरू आएर मोशासँग भने, “हामी जान्दछौं परमप्रभु र तपाईंको विरोधमा बोलेर हामीले पाप गर्यौं। परमप्रभुसित प्रार्थना गरेर यी सर्पहरू फर्काउन लगाईदिनु होस्।” यसकारण मोशाले मानिसहरूको निम्ति प्रार्थना गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 अनि मोशाकहाँ आएर मानिसहरूले भने, “परमप्रभु र तपाईंको विरुद्धमा बोलेर हामीले पाप गरेका छौं। उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्।” तब मोशाले ती मानिसहरूका निम्ति प्रार्थना गरे। See the chapterसरल नेपाली पवित्र बाइबल7 मानिसहरूले मोशालाई आएर भने, “हामीले तपाईं र परमप्रभुका विरुद्धमा बोलेर पाप गर्यौं। अब यी सर्पहरू हटाइदिन परमप्रभुलाई प्रार्थना गरिदिनुहोस्।” यसकारण मोशाले मानिसहरूका लागि प्रार्थना गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 ती मानिसहरू मोशाकहाँ आएर बिन्ती गरे, “हामीले याहवेह र तपाईंको विरुद्धमा बोलेर पाप गरेका छौँ। याहवेहले यी सर्पहरू हामीबाट हटाइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।” यसकारण मोशाले मानिसहरूका निम्ति प्रार्थना गरिदिए। See the chapter |