गन्ती 21:5 - पवित्र बाइबल5 मानिसहरूले परमेश्वर र मोशाको विरोधमा कुरा गरे। तिनीहरूले भने, “यो मरुभूमिमा मर्नुको निम्ति किन हामीलाई मिश्र देशबाट ल्याइयो? कारण यहाँ न त पानी छ न रोटी। तुच्छ खाना अथवा रोटी खाँदा-खाँदा वाक्क भई सक्यो।” See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब तिनीहरूले परमेश्वर र मोशाको विरुद्धमा यसो भन्न लागे, “यस उजाड़-स्थानमा मर्न हामीलाई तपाईंहरूले किन मिश्रदेशबाट ल्याउनुभयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन। यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो।” See the chapterसरल नेपाली पवित्र बाइबल5 र परमेश्वर र मोशाका विरुद्धमा कुरा गर्न लागे। तिनीहरूले भने, “तपाईंले किन हामीलाई मिश्रबाट निकालेर यहाँ उजाड-स्थानमा मर्नलाई ल्याउनुभयो? यहाँ खानपान केही छैन। यो खानेकुरासँग अब हामी वाक्क भइसक्यौं!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले परमेश्वरको र मोशाको विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तपाईंले हामीलाई इजिप्टबाट उजाडस्थानमा मर्नलाई किन ल्याउनुभयो? यहाँ खानेकुरा केही छैन; र पानी पनि छैन! अनि यस तुच्छ भोजनले हामी वाक्क भइसक्यौँ!” See the chapter |