गन्ती 21:3 - पवित्र बाइबल3 परमप्रभुले इस्राएलीहरूको पुकार मान्नु भयो र कनानीहरूलाई जित्न तिनीहरूलाई सहायता गर्नु भयो। इस्राएलीहरूले तिनीहरू र तिनीहरूका शहर सम्पूर्ण ध्वंश पारे। यसर्थ त्यस ठाँउको नाम होर्मा राखियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभुले इस्राएलीहरूको बिन्ती सुन्नुभयो, र कनानीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले उनीहरू र उनीहरूका सहरहरूलाई पनि बिलकुलै नष्ट गरिदिए। यसकारण त्यस ठाउँको नाउँ होर्मा राखियो। See the chapterसरल नेपाली पवित्र बाइबल3 परमप्रभुले तिनीहरूको बिन्ती सुन्नुभयो र कनानीहरूमाथि विजय गर्न सहायता गर्नुभयो। यसरी इस्राएलीहरूले त्यस ठाउँको नाम होर्मा राखे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहले इस्राएलीहरूको बिन्ती सुन्नुभयो। अनि ती कनानीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले एदोमीहरू र तिनीहरूका सहरहरूलाई पूर्ण रूपले नष्ट पारिदिए। अनि त्यस ठाउँको नाम होर्मा राखियो। See the chapter |