गन्ती 19:13 - पवित्र बाइबल13 यदि कुनै व्यक्तिले मुर्दा छुन्छ र आफैंलाई फेरि शुद्ध पार्दैन, त्यसले परमप्रभुको पवित्र पाललाई अशुद्ध पार्छ। यसकारण व्यक्ति इस्राएलबाट काटिदिनेछ। जस्तो पवित्र पानी तिनीहरू माथि छर्केको थिएन यसकारण उसको शरीर अशुद्ध रहन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 जसले कसैको लाश छोएर आफूलाई चोख्याउँदैन, त्यसले परमप्रभुको पवित्र वासस्थान अशुद्ध पार्छ। त्यो मानिस इस्राएलीहरूबाट बहिष्कार गरिओस्। शुद्धीकरणको पानी त्यसमाथि छर्किएन, यसैकारण त्यो अशुद्धै छ। त्यसको अशुद्धि त्यसमाथि रहिरहनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल13 जसले लाश छोएपछि आफैंलाई चोख्याउँदैन, त्यो अशुद्ध रहनेछ। त्यसमाथि चोख्याउने पानी नलगाएको कारणले त्यसले परमप्रभुको पवित्र पाललाई अपवित्र पार्दछ र त्यसलाई परमेश्वरको जन मानिनेछैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यदि मरेको मानिसको लास छोएपछि तिनीहरूले आफूलाई चोख्याएनन् भने तिनीहरूले याहवेहको समागम पाललाई अशुद्ध तुल्याउँछन्। तिनीहरूलाई इस्राएली समुदायबाट बहिष्कार गरिनुपर्छ। तिनीहरूमाथि शुद्धीकरणको पानी नछर्किएको कारण तिनीहरू अशुद्ध छन्। तिनीहरूको अशुद्धता तिनीहरूमा नै रहनेछ। See the chapter |