गन्ती 18:8 - पवित्र बाइबल8 तब परमप्रभुले हारूनलाई भन्नुभयो, “इस्राएलका मानिसहरूले मलाई चढाएको सबै पवित्र उपहारहरूको रक्षा गर्नका निम्ति मैले तिमीलाई नियुक्त गरें। मैले तिमी र तिम्रा छोराहरूलाई इस्राएलका मानिसहले चढाएका पवित्र बलिहरू निरन्तर अंशको रूपमा दिएको छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 फेरि परमप्रभुले हारूनलाई भन्नुभयो, “इस्राएलीहरूले मलाई चढ़ाएका सबै पवित्र बलिहरू मैले तेरो जिम्मामा दिएको छु। मैले तेरो पूजाहारीपदको कारण ती तँलाई र तेरा छोराहरूलाई निरन्तरको अंश स्वरूप छुट्ट्याइदिएको छु। See the chapterसरल नेपाली पवित्र बाइबल8 परमप्रभुले हारूनलाई भन्नुभयो, “यो याद राख् कि मलाई चढाइएका होमबलि नगरिएका विशेष भेटीहरू जति म तँलाई दिँदै छु। म यी तँ र तेरा सन्तानलाई दिइएको सदाकालको हिस्सा स्वरूप तिमीहरूलाई दिँदै छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसपछि याहवेहले हारूनलाई भन्नुभयो, “मलाई चढाइएका भेटीहरूको जिम्मा म आफैँले तँलाई सुम्पेको छु। इस्राएलीहरूले मलाई दिएका सबै पवित्र भेटीहरू मैले तिमीहरूको भाग र नियमित अंशको रूपमा तँ र तेरा छोराहरूलाई दिएको छु।” See the chapter |