गन्ती 18:23 - पवित्र बाइबल23 लेवी मानिसहरू काम गरिरहेको समयमा भेट हुने पालको विरोधमा कुनै पाप कार्य हुन गए त्यस पापको उत्तरदायी तिनीहरू हुनेछन्। यही नियम सदासर्वदाको निम्ति लागू रहनेछ। मैले अरू मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि लेवी मानिसहरूले पाउने छैनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 तर भेट हुने पालको सेवाचाहिँ लेवीहरूले गरून्, र तिनीहरू नै त्यसको विरुद्धमा गरिएका अपराधहरूको उत्तरदायी हुनेछन्। त्यो तिमीहरूका पुस्तौँसम्म अनन्तको विधि होस्। इस्राएलीहरूका बीचमा चाहिँ यिनीहरूको कुनै अंश-अधिकार हुनेछैन। See the chapterसरल नेपाली पवित्र बाइबल23 अबदेखि उसो लेवीहरूले मात्र पवित्र पालको हिफाजत गर्नेछन् र त्यसको पूरा जिम्मा लिनेछन्। यो सदाकालको लागि पालन गर्नुपर्ने नियम हो र तेरा सन्तानले पनि यसको पालन गर्नुपर्ने नियम हो र तेरा सन्तानले पनि यसको पालन गर्नुपर्नेछ। लेवीहरूको इस्राएलमा स्थायी सम्पत्ति हुनेछैन See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 लेवीहरूले नै भेट हुने पालमा काम गरून्। अनि तिनीहरूको विरुद्धमा भएका अपराधहरूको जिम्मा तिनीहरूले नै लिऊन्। आउने पुस्ताका निम्ति यो अनन्तको विधि ठहरियोस्। इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्। See the chapter |