गन्ती 18:21 - पवित्र बाइबल21 “इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिन्छन्। यसकारण त्यो एक दशांश भाग म लेवीका सन्तानहरूलाई दिन्छु। यो तिनीहरूले भेट हुने पालमा छँदा त्यहाँ काम गरे बापत पारिश्रमिक हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण21 “लेवीहरूलाई चाहिँ भेट हुने पालमा सेवा गर्नका निम्ति तिनीहरूको अंश स्वरूप मैले इस्राएलीहरूका सबै दशांश दिएको छु। See the chapterसरल नेपाली पवित्र बाइबल21 परमप्रभुले भन्नुभयो, “मलाई इस्राएलीहरूले भेटी चढाउने सबै दशौँ हिस्सा मैले लेवीहरूलाई दिएको छु। म बास गर्ने पवित्र पालको हिफाजत गर्ने कामको निम्ति यो तिनीहरूको ज्याला हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “लेवीहरूले भेट हुने पालमा सेवाको काम गरेको साटोमा म तिनीहरूलाई इस्राएलमा तिनीहरूको पैतृक सम्पत्तिको रूपमा सबै दशांश दिन्छु। See the chapter |