गन्ती 16:38 - पवित्र बाइबल38 ती मानिसहरूले मेरो विरोधमा पाप गरेकाले त्यही पापले आफ्नो जीवन गुमाए। तर धुपौराहरू पवित्र छन् कारण तिनीहरू परमप्रभुलाई समर्पण गरिएका हुन्। ती धुपौराहरू पिटेर पाता बनाऊ र वेदी छोप्ने काममा प्रयोग गर। यो इस्राएलका सबै मानिसहरूको निम्ति चेतावनी हुनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण38 ती आफ्नै प्राणको हानि गरुञ्जेल पाप गर्नेहरूका धुपौराहरू। ती धुपौराहरूबाट वेदी मोहोर्ने पाताहरू पिटेर बनाउनू, किनभने ती परमप्रभुको सामु चढ़ाएका हुनाले पवित्र छन्। ती पाताहरूचाहिँ इस्राएलीहरूका निम्ति चिन्ह होऊन्।” See the chapterसरल नेपाली पवित्र बाइबल38 परमप्रभुको वेदीमा चढाउँदा ती धुपौराहरू पवित्र भए। यसकारण ती आफ्ना पापका कारणले मारिएका मानिसहरूका धुपौराहरू लिएर तिनीहरूलाई पिटी पातला पाताहरू बनाऊ र तिनले वेदीलाई छोपी मोहोर्ने पाता बनाऊ। यो इस्राएलीहरूका निम्ति एउटा चेतावनी हुनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण38 आफ्ना प्राणको साटोमा पाप गर्ने ती मानिसहरूका धुपौराहरू हुन्। ती धुपौराहरूलाई घनले पिटेर वेदीलाई मोहोर्ने पाताहरू बनाउनू। किनकि तिनीहरू याहवेहको सामु ल्याइएका हुनाले ती पवित्र भएका छन्। ती इस्राएलीहरूका निम्ति एउटा चिन्ह होऊन्।” See the chapter |