गन्ती 14:35 - पवित्र बाइबल35 “म परमप्रभुले बोलेको हुँ र म प्रतिज्ञा गर्छु कि यी सब दुष्ट मानिसहरू विरूद्ध यी कुराहरू गर्छु नै। यी मानिसहरू मिलेर मेरो विरोधमा खडा भए, यसर्थ यो मरुभूमिमा यिनीहरू मर्छन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण35 यो बोल्ने म परमप्रभु हुँ, र मेरो विरुद्ध भेला हुने यस दुष्ट समुदायलाई म यसै गर्नेछु। यसै उजाड़-स्थानमा तिनीहरू मरेर मेटिजानेछन्।” See the chapterसरल नेपाली पवित्र बाइबल35 मेरा विरुद्धमा भेला भएका तिमीहरू दुष्ट मानिसहरूलाई म यसो गर्नेछु भनी कसम खाँदछु। यहाँ, यस जङ्गलमा तिमीहरू एक-एक गरी मर्नेछौ। म परमप्रभुले यी कुरा भनेको छु’।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण35 म याहवेहले नै बोलेको छु। अनि मेरो विरुद्धमा एकसाथ भेला हुने यस दुष्ट समुदायलाई म निश्चित रूपमा यी कुराहरू गर्नेछु। यही उजाडस्थानमा तिनीहरूको अन्त्य हुनेछ। तिनीहरू यहीँ नाश भएर जानेछन्।” See the chapter |