गन्ती 10:29 - पवित्र बाइबल29 मोशाले आफ्नो ससुरा रूएल मिद्यानीको छोरो होबाबलाई भने, “परमेश्वरले हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नु भएको ठाँउमा हामी जाँदैछौ, हामीसितै आउनुहोस्, हामी तपाईंलाई राम्रो गर्नेछौं। परमप्रभुले इस्राएलका मानिसहरूको निम्ति राम्रो-राम्रो चिजहरू दिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण29 अनि मोशाले आफ्ना ससुरा मिद्यानी रूएलका छोरा होबाबलाई भने, “परमप्रभुले हामीलाई दिनेछु भन्नुभएको ठाउँमा हामी जाँदैछौं। तपाईं पनि हामीसितै आउनुहोस्, हामी तपाईंलाई हित नै गर्नेछौं, किनभने परमप्रभुले इस्राएलको बारेमा शुभ प्रतिज्ञा गर्नुभएको छ।” See the chapterसरल नेपाली पवित्र बाइबल29 मोशाले मिद्यानी यित्रोका छोरा अनि आफ्ना जेठान होबाबलाई भने, “परमप्रभुले हामीलाई दिन्छु भन्नुभएको ठाउँमा हामी जान लागेका छौं। परमप्रभुले इस्राएलीहरूलाई फलिफाप गराउने प्रतिज्ञा गर्नुभएको छ। तपाईं हामीसित आउनुहोस्। हामी आफ्ना फलिफाप तपाईंसित बाँड्नेछौं।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 मोशाले आफ्ना मिद्यानी ससुरा रूएलका छोरा होबाबलाई भने, “हामी त्यस ठाउँमा जाँदैछौँ, जुन ‘म तिमीहरूलाई दिनेछु’ भनी याहवेहले हामीलाई भन्नुभएको थियो। तपाईं पनि हामीसँगै आउनुहोस्। हामी तपाईंसँग राम्रो व्यवहार गर्नेछौँ। किनकि याहवेहले इस्राएललाई असल कुराहरूका निम्ति प्रतिज्ञा गर्नुभएको छ।” See the chapter |