मर्कूस 2:9 - पवित्र बाइबल9-10 मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ, तर म यो कसरी तिमीहरूलाई प्रमाण गर्नसक्छु! यो पक्षाघातीलाई के भन्नु सजिलो छ? ‘तिम्रा पापहरू क्षमा गरिएको छ,’ भन्नु वा, ‘उठ आफ्नो बिछ्यौना बोक अनि हिंडिहाल भन्नु’? तर म तिमीहरूलाई अब देखाउनेछु कि पापहरू क्षमागर्ने मेरो अधिकार छ।” यसो भनेर येशूले त्यो पक्षाघाती लाई भन्नुभयो, See the chapterनेपाली नयाँ संशोधित संस्करण9 पक्षाघातीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्नु, कि ‘उठ, तिम्रो खाट उठाएर हिँड़’ भन्नु, कुनचाहिँ सजिलो छ? See the chapterसरल नेपाली पवित्र बाइबल9 यस बिरामीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्नु र ‘ओछ्यान बोकेर हिंड’ भन्नुमा कुनचाहिँ सजिलो होला, भन त? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यस पक्षघातीलाई के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ, र आफ्नो ओछ्यान बोकेर हिँड,’ भन्नु? See the chapter |