मीकाको पुस्तक 6:2 - पवित्र बाइबल2 परमप्रभु आफ्ना मानिसहरूलाई आरोप गर्नु हुन्छ। पहाडहरू आफ्ना परमप्रभुको आरोप सुन, अटल रहने पृथ्वीका जगहरू हो, परमप्रभुको आरोप सुन, उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देषी छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 हे पर्वत हो, हे पृथ्वीका अनन्त जग हो, परमप्रभुको आरोप ध्यानसित सुन। किनकि आफ्नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल2 “पर्वतहरू हो! तिमीहरू पृथ्वीका कहिल्यै नाश नहुने जगहरू हौ, परमप्रभुको आरोप सुन! आफ्ना प्रजाको विरुद्धमा परमप्रभुको उजुर छ। उहाँले इस्राएलको विरुद्धमा अभियोग लगाउनुहुन्छ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “हे पर्वतहरू हो, याहवेहको अभियोग सुन, हे पृथ्वीका अनन्तसम्म रहने जगहरू हो, ध्यान देओ। किनकि याहवेहका मानिसहरूका विरुद्धमा उहाँको एउटा मुद्दा छ; उहाँले इस्राएलका विरुद्धमा अभियोग लगाउँदैहुनुहुन्छ। See the chapter |