मीकाको पुस्तक 5:8 - पवित्र बाइबल8 अनि याकूबका बाँकि रहेकाहरू चाँहि धेरै जनताको बीचमा जङ्गलका पशुहरूका बीचमा सिंह र जीव-जन्तुहरूको बिचमा सिंहको बच्चा जस्तै हुनेछन् जो तिनका बीचमा कुल्चँदै र तिनीहरूलाई टुक्रा पार्दै जानेछन्, र बचाउँने कोही पनि हुनेछैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 याकूबका बाँकी रहेकाहरूचाहिँ जाति-जातिहरू र धेरै मानिसहरूका बीचमा हुनेछन्, जङ्गलका पशुहरूका बीचमा हुने सिंह र भेड़ाबाख्राहरूका बीचमा हुने जवान सिंहजस्ता हुनेछन्, जो लतार्दै र फहराउँदै हिँड्छन्, र कसैले छुटाउन सक्दैन। See the chapterसरल नेपाली पवित्र बाइबल8 जाति-जातिहरूका बीचमा छोडिएका इस्राएलीहरूचाहिँ जङ्गल वा चउरमा शिकार खोजिहिंड्ने सिंहझैँ हुनेछन्, त्यो भेडाहरूका माझमा पस्दछ, तिनीहरूलाई झम्टन्छ र टुक्रा-टुक्रा पार्दछ र त्यसबाट बाँच्ने आशा हुँदैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याकोबका बाँकी रहेकाहरू राष्ट्रहरूका बीचमा, धेरै जातिहरूका बीचमा हुनेछन्। जङ्गली जनावरहरूका बीचमा भएको सिंहजस्तै भेडाको बथानको बीचमा भएको जवान सिंहजस्तै हुनेछन्; जसले कुल्चीमिल्ची पार्दै र फहराउँदै हिँड्छन्; अनि कसैले पनि तिनीहरूबाट बचाउन सक्दैन। See the chapter |