मीकाको पुस्तक 4:10 - पवित्र बाइबल10 हे सियोनकी छोरी, सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ। किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ र मैदानमा बस्नेछौ र माथि बाबेलमा जानेछ्यौ र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ। परमप्रभुले तिम्रा शत्रुको हातबाट तिम्रो उद्धार गर्नुहुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 हे सियोनकी छोरी, प्रसववेदनामा परेकी स्त्रीझैँ पीडाले छटपटाऊ, किनकि अब तिमीले यो सहर छोड्नैपर्छ र खुल्ल्ला मैदानमा पाल खड़ा गर्नुपर्छ। अब तिमी बेबिलोनमा जानेछौ। त्यहाँ तिमी छुटाइनेछौ। त्यहीँ नै परमप्रभुले तिमीलाई तिम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल10 यरूशलेमका निवासीहरू हो! एउटी सुत्केरी हुन लागेकी स्त्रीझैँ, तिमीहरू बटारिंदै पीडाले चिच्याओ किनभने अब तिमीहरूले सहर छोड्नुपर्नेछ र खुला मैदानमा गएर बास गर्नुपर्नेछ। तिमीहरू बेबिलोनमा जानुपर्नेछ तर त्यहाँ परमप्रभुले तिमीहरूलाई शत्रुहरूका हातबाट उद्धार गर्नुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे सियोनकी छोरी यरूशलेम, एउटी प्रसव-वेदनामा परेकी स्त्रीजस्तै व्यथामा छटपटा; किनकि अब तैँले यो सहर छोड्नुपर्छ, र तैँले खुला मैदानमा छाउनी हाल्नुपर्छ। तँ बेबिलोनमा जानेछस्; त्यहाँ तँलाई छुटकारा दिइनेछ। त्यहाँ याहवेहले तँलाई तेरा शत्रुहरूका हातबाट उद्धार गर्नुहुनेछ। See the chapter |