Online Bible

- Advertisements -




मत्ती 8:9 - पवित्र बाइबल

9 म कसैको अधीनमा छु। अनि मेरो अधिनमा अरू सैनिकरू छन्। यदि मैले कुनै एकजना सिपाहीलाई भनें, ‘जाऊ’ भन्दा उ जान्छ। अनि अर्को एक सिपाहीलाई मैले आउ भन्दा ऊ आँउछ। यदि मैले मेरो नोकरलाई भनें, ‘यो गर’ अनि उसले त्यो गर्छ। मलाई थाहा छ तपाईंसँग पनि यस्तो शक्ति छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 किनकि म पनि अधिकारीहरूका अधीनमा छु, अनि मेरो अधीनमा सिपाहीहरू छन्‌। म एक जनालाई ‘जा’ भन्‍छु, अनि त्‍यो जान्‍छ, र अर्कालाई ‘आइज’ भन्‍छु, अनि त्‍यो आउँछ। मेरो कमारालाई ‘यसो गर्’ भन्‍छु, अनि त्‍यसले त्‍यो गर्छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 म आफैं पनि ठूला हाकिमहरूको अधीनमा रहेको छु। मेरो अधीनमा पनि सिपाहीहरू छन्। एउटालाई ‘जा’ भन्‍छु, त्‍यो जान्‍छ, अर्कोलाई ‘आइज’ भन्‍छु, त्‍यो आउँछ अनि आफ्‍नो नोकरलाई पनि ‘यसो गर्‌’ भन्‍छु, त्‍यसले गरिहाल्‍छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि म आफैँ पनि अधिकारमुनि रहने मानिस हुँ। अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु, र त्यो जान्छ; अनि अर्कोलाई ‘आइज’ भन्छु, र त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्’ भन्छु, र त्यसले त्यो गर्छ।”

See the chapter Copy




मत्ती 8:9

Follow us:

Advertisements


Advertisements