मत्ती 18:7 - पवित्र बाइबल7 जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दु:ख मान्छु। यस्तो घट्ना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 “पाप गर्न लाउने परीक्षाहरूका निम्ति यस संसारलाई धिक्कार! पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्कार, त्यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ! See the chapterसरल नेपाली पवित्र बाइबल7 धिक्कार यस संसारलाई! किनभने यस संसारमा त मानिसहरूलाई पापमा फसाउने कुराहरू छन्। यस्ता कुराहरू आइपर्दछन् नै, तर धिक्कार, त्यस मानिसलाई जसले अरूलाई पापमा फसाउँदछ! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 पाप गर्न लगाउने कुराहरूको लागि यस संसारलाई धिक्कार! किनभने यस्ता कुराहरू अवश्य आउँछन्; तर धिक्कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्! See the chapter |