मत्ती 16:3 - पवित्र बाइबल3 अनि बिहान तिमीहरू भन्छौ। आकाश अन्धकार र रातो छ, यसकारण आज आँधी चल्ने छ। यी मौसमका संकेतहरू हुन्। जब तिमीहरू आकाशमा हेरेर त्यसको संकेत बुझ्छौ। भने, अहिले के भइरहेछ त्यो तिमीहरूले बुझ्नु पर्छ। यी पनि संकेतहरू हुन्। तर यी संकेतहरूको अर्थ तिमीहरू बुझ्दैनौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 बिहानचाहिँ भन्छौ, ‘आकाश रातो र बादलले ढाकेको छ, आज आँधी आउने रहेछ।’ तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुन्छ छुट्ट्याउन जान्दछौ, तर समयका चिन्हको अर्थ खोल्न सक्दैनौ। See the chapterसरल नेपाली पवित्र बाइबल3 फेरि बिहानै आकाश रातो र अँध्यारो हुँदा ‘आज त पानीपर्नेछ’ भन्छौ। यसरी आकाशलाई हेरेर मौसम कस्तो हुनेछ, त्यो त बुझ्न सक्छौ, तर यस समयमा हुन आउने घटनाको लक्षणचाहिँ तिमीहरू बुझ्दैनौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि बिहान ‘आज आँधी आउनेछ; किनकि आकाश रातो छ र बादलले ढाकेको छ,’ भन्छौ। तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर तिमीहरूले समयको चिन्हहरूबाट बुझ्न सक्दैनौ। See the chapter |