मलाकीको पुस्तक 2:2 - पवित्र बाइबल2 यदि तिमीहरूले सुन्दैनौ र मेरो नाउँलाई सम्मान गर्दैनौ भने तिमीहरूलाई खराब हुनेछ। तिमीहरूले आशीर्वाद दिनेछौ तर त्यो श्रापमा परिणत हुनेछ। यदि तिमीहरूले मेरो नाउँमा सम्मान गरेनौ भनें म खराब गर्नेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “मेरो नाउँलाई सम्मान दिन यदि तिमीहरू सुन्दैनौ र यो तिमीहरूका हृदयमा राखेनौ भने, म तिमीहरूलाई सराप पठाउनेछु, र तिमीहरूका आशिष्हरूलाई सराप दिनेछु। मैले अघि नै ती सरापेको छु, किनकि तिमीहरूले मलाई इज्जत दिन आफ्ना हृदयलाई ठीक पारेका छैनौ। See the chapterसरल नेपाली पवित्र बाइबल2 तिमीहरूले गर्ने काममा मलाई आदर गर्नुपर्छ। मैले अह्राएका कुरा तिमीहरूले सुनेनौ भने म तिमीहरूलाई सराप दिनेछु। तिमीहरूले पाउने आशिष्हरूलाई सराप दिनेछु। वास्तवमा ती कुराहरूलाई मैले सराप दिइसकेको छु किनभने मेरो आज्ञामाथि तिमीहरू ध्यानै दिंदैनौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यदि तिमीहरूले मेरा कुरा सुनेनौ र मेरो नामलाई आदर गर्नमा मन लगाएनौ भने,” सेनाहरूका याहवेह भन्नुहुन्छ, “म तिमीहरूलाई श्राप दिनेछु, र तिमीहरूका आशिष्हरूमाथि श्राप पठाउनेछु। हो, मैले तिनलाई श्राप दिइसकेको छु; किनकि तिमीहरूले मलाई आदर गर्नमा मन लगाएनौ। See the chapter |