Online Bible

- Advertisements -




मलाकीको पुस्तक 2:15 - पवित्र बाइबल

15 परमेश्वर चाहनु हुन्छ पति-पत्नीहरू एक शरीर अनि एक आत्मा हुन्। किनकी त्यसबाट उसको नानीहरू पवित्र होस्। यसकारण त्यो आत्मीय एकताको रक्षा गर। आफ्नी पत्नीलाई नठग। त्यो तिम्री पत्नी त्यही बेला देखि भई जति बेला तिमी जवान थियौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 के परमप्रभुले तिनीहरूलाई एउटै बनाउनुभएको होइन र? शरीर र आत्‍मामा तिनीहरू उहाँकै हुन्‌। अनि तिनीहरू किन एउटै हुन्‌? किनभने उहाँले ईश्‍वरीय सन्‍तान खोज्‍दैहुनुहुन्‍थ्‍यो। यसैले तिमीहरू आफ्‍नो आत्‍माको रक्षा गर, र आफ्‍नो जवानीपनकी पत्‍नीसँगको विश्‍वास भङ्ग नगर।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 के परमेश्‍वरले आफ्‍नो स्‍वास्‍नीसित एउटै शरीर र आत्‍मा गरी बनाउनुभएको होइन? त्‍यसरी बनाउनुमा उहाँको के उद्देश्‍य थियो त? किनभने तिमीहरूका बालबच्‍चाहरू परमेश्‍वरका साँचो सन्‍तानहरू भएका उहाँले चाहनुहुन्‍थ्‍यो। यसकारण सचेत रहो कि तिमीहरूमध्‍ये कसैले आफ्‍नी स्‍वास्‍नीलाई दिएको प्रतिज्ञा नतोडोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 के परमेश्‍वरले ती दुईलाई बनाउनुभएको होइन र? तिनीहरू दुवै शरीर र आत्मामा उहाँकै हुन्। अनि तिनीहरूबाट एक मात्र परमेश्‍वरले के खोज्नुहुन्छ र? ईश्‍वरभक्त सन्तानको चाहना गर्नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र आफ्नो युवावस्थाकी पत्नीसित विश्‍वासघात नगर।

See the chapter Copy




मलाकीको पुस्तक 2:15

Follow us:

Advertisements


Advertisements