मलाकीको पुस्तक 1:6 - पवित्र बाइबल6 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “नानीहरूले तिनीहरूका बाबुहरूलाई आदर गर्दछन्। सेवकहरूले तिनीहरूको मालिकहरूलाई सम्मान गर्छन्। म तिमीहरूको बाबु हुँ, यसकारण तिमीहरूले मलाई किन सम्मान गर्दैनौ? म तिमीहरूको मालिक हुँ, यसकारण तिमीहरू किन मलाई सम्मान गर्दैनौ? पूजाहारीहरू तिमीहरूले मेरो नाउँलाई सम्मान गर्दैनौ। “तर तिमीहरू भन्छौ, ‘हामीहरूले के गर्यौं? जो तपाईंले भन्नु हुन्छ हामीले तपाईंको सम्मान गरेनौं।’” See the chapterनेपाली नयाँ संशोधित संस्करण6 “छोराले बुबाको, र नोकरले मालिकको मान गर्दछ। यदि म बुबा हुँ भने मलाई दिनुपर्ने मान खोइ त? यदि म मालिक हुँ भने मेरो आदर खोइ त?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “ए पूजाहारीहरू हो, तिमीहरू नै मेरो नाउँको अवहेलना गर्दछौ। “तर तिमीहरू सोध्छौ, ‘हामीले कसरी तपाईंका नाउँको अवहेलना गर्यौं?’ See the chapterसरल नेपाली पवित्र बाइबल6 सर्वशक्तिमान् परमप्रभुले पूजाहारीहरूलाई यसो भन्नुहुन्छ, “छोरोले बुबालाई आदर गर्छ। चाकरले मालिकलाई आदर गर्छ। म तिमीहरूका बुबा हुँ भने तिमीहरूले किन मेरो आदर गर्दैनौ? म तिमीहरूका मालिक हुँ तर तिमीहरूले मलाई किन आदर गर्दैनौ। तिमीहरूले मलाई तिरस्कार गर्छौ र फेरि भन्छौ, ‘हामीले कसरी तपाईंलाई तिरस्कार गर्यौं?’ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “छोराले बुबाको र दासले मालिकको आदर गर्दछन्। म बुबा हुँ भने मेरो आदर खोइ? म मालिक हुँ भने मैले पाउनुपर्ने सम्मान खोइ?” सेनाहरूका याहवेह भन्नुहुन्छ। “ए पुजारी हो, तिमीहरू नै हौ, जसले मेरो नामलाई अपमान गर्दछौ।” “तर तिमीहरू मलाई सोध्दछौ, कसरी हामीले तपाईंको नामको अपमान गरेका छौँ र?” See the chapter |