मलाकीको पुस्तक 1:4 - पवित्र बाइबल4 यो सम्भव छ कि एदोमका मानिसहरूले भन्न सक्छन्, “ठिकैछ हामी नष्ट भएका छौं, तर हामी हाम्रो शहर फेरि निर्माण गर्छौं।” तर सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यदि तिनीहरूले तिनीहरूको शहर पुनःर्निर्माण गरेता पनि म त्यसलाई फेरि भत्काई दिनेछु।” यशैकारण मानिसहरूले एदोमलाई नराम्रो देश भन्छन्। मानिसहरू भन्छन् कि परमप्रभु तिनीहरूसित सधैँ क्रोधित हुनुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 “हामीहरू धूलोपीठो पारिएका छौं, तापनि हाम्रा भग्नावशेष हामी फेरि निर्माण गर्नेछौं” भनी एदोमीहरूले भन्लान्। तर सर्वशक्तिमान् परमप्रभु यो भन्नुहुन्छ, “उनीहरूले निर्माण गरून्, तर म भत्काइदिनेछु। उनीहरू दुष्ट देश कहलाइनेछन्, जसका मानिसहरूसित परमप्रभु सधैँ क्रोधित हुनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल4 एसावका सन्तानहरू एदोमीहरूले यदि “हाम्रा सहरहरू नाश त पारिए तर हामी ती सहरहरूलाई फेरि बनाउनेछौं,” भन्छन् भने परमप्रभुले यस्तो उत्तर दिनुहुनेछ, “तिनीहरू फेरि बनाउँदैजाऊन्, म ती फेरि भत्काइ दिनेछु। मानिसहरूले तिनीहरूलाई ‘दुष्ट देश’ र ‘परमप्रभु त्योमाथि सधैँ रिसाउनुभएको जाति’ भन्ने नाम दिनेछन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 एदोमले यसो भन्न सक्छ, “हामी चकनाचुर पारिए तापनि हामी ती ध्वस्त पारिएका ठाउँहरू पुनर्निर्माण गर्नेछौँ।” तर सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिनीहरूले बनाउँदैजाऊन्, तर म भत्काइदिनेछु। तिनीहरूलाई ‘दुष्टताको देश भनिनेछ, अर्थात् यस्तो जाति जोसँग याहवेह सधैँभरि क्रोधित हुनुहुन्छ।’ See the chapter |