Online Bible

- Advertisements -




मलाकीको पुस्तक 1:14 - पवित्र बाइबल

14 कति मानिसहरूसित तिम्रो पशुहरू छन्, जुन उनीहरूले बलिदान स्वरूप चढाउँन सक्छन् तर उनीहरूले ती राम्रा पशुहरू मलाई चढाउँदैनन्। केही मानिसहरूले राम्रो पशुहरू मकहाँ ल्याउँछन्। तिनीहरूले स्वास्थ पशुहरू ल्याउँने प्रतिज्ञा गर्छन् तर गुप्तरूपमा त्यो राम्रो स्वास्थ पशुलाई रोगी पशुहरूसँग साटेर मलाई रोगी पशुहरू चढाउँछन्। तिनीहरूमाथि आपद् आईलाग्नेछ। किनभने म महान राजा हुँ। तिमीहरूले मलाई सम्मान गर्नु पर्ने हो। सारा पृथ्वीका मानिसहरूले मेरो सम्मान गर्छन्।” सर्वशक्तिमान परमप्रभुले ती सबै कुराहरू भन्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 “तर यस्‍तो छल गर्ने श्रापित होस्, जसले आफ्‍नो बगालको ग्रहणयोग्‍य नर-पशु अर्पण गर्नलाई भाकल त गर्छ, तर खोट लागेको पशु परमप्रभुलाई चढ़ाउँदछ। किनभने म महाराजा हुँ, र मेरो नाउँ जाति-जातिहरूका बीचमा भययोग्‍य हुनेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 तर त्‍यस्‍तो छली मानिसलाई सराप लाग्‍छ, जसले आफ्‍नो बगालमा मलाई चढाउन भाकल गरेको असल पशु छँदाछँदै पनि मलाई खोट लागेको पशु बलि चढाउँदछ किनकि म महान् राजा हुँ। सबै जातिका मानिसहरूले मेरो डर मान्‍छन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “यस्तो छली मानिस श्रापित होस्, जसले मलाई भाकल गरेको बलि चढाउने ग्रहणयोग्य असल पशु आफ्नो बगालमा छँदाछँदै पनि त्यस पशुको साटोमा खोट लागेको पशुको बलि प्रभुलाई चढाउँछ। किनकि म एक महान् राजा हुँ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “अनि सबै राष्ट्रहरूको बीचमा मेरो नाम भययोग्य हुनुपर्छ।

See the chapter Copy




मलाकीको पुस्तक 1:14

Follow us:

Advertisements


Advertisements