लूकाको सुसमाचार 8:47 - पवित्र बाइबल47 जब त्यो आईमाईले यी कुराहरू सुनी, ऊ लुक्न सकिन, ऊ काम्दै आई अनि येशूको अघि निहुरिएर दण्डवत गरी। ती जम्मै मानिसहरूको अघि त्यस आइमाईले येशूलाई स्पर्श किन गरी अनि कसरी झट्टै आफ्नो रोगबाट मुक्त भएकी थिई बताई। See the chapterनेपाली नयाँ संशोधित संस्करण47 अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री काम्दै आई र उहाँको सामुन्ने घोप्टो परी, र किन त्यसले उहाँलाई छोई, अनि कसरी तुरुन्तै निको भई, सो सब मानिसहरूका सामु बताइदिई। See the chapterसरल नेपाली पवित्र बाइबल47 अब लुकिरहनुनहुने रहेछ भन्ने थाहा पाएर ती स्त्री डरले काम्दै आइन् र उहाँको पाउमा परिन्। तिनले उहाँलाई छोएको र छुनेबित्तिकै निको भएको कुरा सबैको सामुन्ने भनिन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण47 तब त्यस स्त्रीले आफू उम्केर जान नसक्ने देखेर काम्दै आई, र येशूको पाउमा घोप्टो परी। उसले उहाँलाई किन छोएकी थिई र ऊ कसरी तुरुन्तै निको भई, त्यो कुरा सबै मानिसहरूका सामु बताइदिई। See the chapter |