लूकाको सुसमाचार 8:35 - पवित्र बाइबल35 मानिसहरू के भयो भनेर बाहिर निस्किए। तिनीहरू येशूकहाँ आए अनि त्यहाँ त्यो मानिस जसबाट भूतहरू भागेका थिए उहाँको खुट्टामा बसिरहेको पाए। त्यो मानिसले लुगा लगाएको थियो अनि त्यसको मनस्थिति ठीकै थियो। मानिसहरू डराए। See the chapterनेपाली नयाँ संशोधित संस्करण35 अनि जे भएको थियो त्यो हेर्नलाई मानिसहरू येशूकहाँ आए, र जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसलाई लुगा लाएर सद्दे मनको भई येशूका चरणमा बसिरहेको भेट्टाए, र तिनीहरू भयभीत भए। See the chapterसरल नेपाली पवित्र बाइबल35 धेरै मानिसहरू के भयो भनेर हेर्न येशूकहाँ आए। पहिले भूतले सताएको मान्छेलाई अहिले ठीक भई लुगा लगाएर येशूको पाउनेर बसिरहेको तिनीहरूले देखे। यो देखेर तिनीहरू ज्यादै छक्क परे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण35 मानिसहरू जे घटेको थियो, त्यो हेर्न गए। येशूकहाँ आउँदा तिनीहरूले जुन मानिसबाट भूतआत्माहरू निस्केर गएका थिए, त्यो मानिस ठिक दिमागको भएर लुगा लगाएर येशूका पाउमा बसिरहेका भेट्टाए। यो देखेर तिनीहरू डराए। See the chapter |