Online Bible

- Advertisements -




लूकाको सुसमाचार 8:28 - पवित्र बाइबल

28-29 त्यसलाई भूतले धेरै पटक समातको थियो। त्यसलाई जेलमा राखियो अनि हात खुट्टाहरू साँङ्गलोले बाँधियो। तर त्यस मानिले सधैँ साङ्गलाहरू चुडाउँथ्यो, अनि उसलाई भूतले एकान्त ठाँउतिर खेद्थ्यो। तर येशूले त्यस मानिसबाट त्यो भूत-आत्मालाई बाहिर निस्किने आज्ञा दिनुभयो। त्यो मानिस येशूको अघाडी घोप्टेर ठूलो स्वरले चिच्यायो, “हे, सर्वोच्च परमेश्वरका पुत्र येशू, मबाट तपाईं के चाहनुहुन्छ? दया गरी मलाई यातना नदिनुहोस्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 त्‍यसले येशूलाई देख्‍यो, र चिच्‍च्‍याएर उहाँको सामु घोप्‍टो परी उच्‍च सोरले भन्‍यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंको मसँग के काम? बिन्‍ती गर्दछु, मलाई नसताउनुहोस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 येशूलाई देखेर ऊ जोडले चिच्‍च्‍यायो र उहाँको अगाडि घोप्‍टो पर्दै भन्‍यो, “हे येशू, महान् परमेश्‍वरका पुत्र, तपाईं मलाई के गर्न लाग्‍नुभएको? बिन्‍ती छ, मलाई दु:ख नदिनुहोस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 जब त्यसले येशूलाई देख्यो, त्यो चिच्यायो, र उहाँको पाउमा पर्‍यो। अनि चर्को सोरले कराएर भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, तपाईं मसित के चाहनुहुन्छ? म तपाईंलाई बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!”

See the chapter Copy




लूकाको सुसमाचार 8:28

Follow us:

Advertisements


Advertisements