लूकाको सुसमाचार 7:29 - पवित्र बाइबल29 जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए। ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 अनि सबै मानिसहरू र कर उठाउनेहरूले यो सुनेर परमेश्वरको सत्यतालाई स्वीकार गरे, किनकि तिनीहरूले यूहन्नाबाट बप्तिस्मा लिएका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल29 यूहन्नाको शिक्षा सुनेर मानिसहरूले ‘परमेश्वरको आज्ञा साँच्चै ठीक रहेछ’ भनेर उनले दिने बप्तिस्मा लिए। कर उठाउनेहरू पापी भए पनि तिनीहरूले पनि त्यही आज्ञा मानेर बप्तिस्मा लिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 (सबै मानिसहरू, कर उठाउनेहरूसमेत, सबै जनाले येशूको यो वचन सुनेर परमेश्वरको मार्ग ठिक छ भनी स्वीकार गरे; किनकि तिनीहरूले यूहन्नाद्वारा बप्तिस्मा पाएका थिए। See the chapter |