लूकाको सुसमाचार 7:16 - पवित्र बाइबल16 सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण16 तब सबै भयभीत भए, र परमेश्वरको महिमा गरे, र भने, “एक जना महान् अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन्,” र “परमेश्वरले आफ्नो प्रजामाथि कृपा गर्नुभएको छ।” See the chapterसरल नेपाली पवित्र बाइबल16 परमेश्वरको यस्तो शक्ति देखेर सबैले छक्क पर्दै उहाँको डर माने अनि परमेश्वरको प्रशंसा गर्दै भने, “एक जना ठूला अगमवक्ता हामीहरूका बीचमा देखा पर्नुभएको छ। परमेश्वर आफ्ना जनहरूलाई बचाउन आउनुभएको हो।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरू सबै भयभीत भएर परमेश्वरलाई प्रशंसा गर्दै भने, “हाम्रा बीचमा एक जना महान् अगमवक्ता प्रकट भएका छन्। परमेश्वर आफ्ना मानिसहरूलाई सहायता गर्न आउनुभएको छ।” See the chapter |