लूकाको सुसमाचार 2:44 - पवित्र बाइबल44 तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसँग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिंडीरहे। तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे See the chapterनेपाली नयाँ संशोधित संस्करण44 उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे, See the chapterसरल नेपाली पवित्र बाइबल44 येशू अरू साथीहरूसँगै हुनुहुन्छ भन्ने सम्झेर उनीहरू दिनभरि हिँडे। साँझ परेपछि साथी-सङ्गीको बीचमा उहाँलाई खोज्न लागे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण44 उहाँ तिनीहरूकै यात्रीदलमा हुनुहुन्छ होला भन्ने ठानी तिनीहरू एक दिनभरिको बाटो गए। तब तिनीहरूले उहाँलाई आफ्ना नातेदारहरू र मित्रहरूका बीचमा खोज्न थाले। See the chapter |