लूकाको सुसमाचार 17:2 - पवित्र बाइबल2 त्यो मानिस जो दुर्वल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फ्याँकिनु असल हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 जुन मानिसले यी सानाहरूमध्ये एउटालाई पाप गर्न लाउँछ त्यसको गलामा जाँतोको एउटा पाटा झुण्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु त्यसको निम्ति बेस हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल2 जसले यी सानाभन्दा सानाहरूलाई पापमा पार्छ, त्यसलाई त घिच्रोमा जाँतो झुण्ड्याइदिएर समुद्रमा फालिदिनु बेस हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउनुभन्दा बरु एउटा जाँतो त्यसको घाँटीमा बाँधेर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो। See the chapter |