लेवीहरू 5:4 - पवित्र बाइबल4 “अथवा एकजना मानिसले केही राम्रो अथवा नराम्रो काम गर्ने प्रतिज्ञा गर्छ। उसले विचार अनि आफ्नो प्रतिज्ञा बिर्सन्छ। तर जब पछि उसले आफ्नो प्रतिज्ञाको सम्झना गर्छ, तब उसलाई दोषी ठहराइनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 “‘कसैले विचार नगरी कुनै असल वा खराब कुरा गर्न मुखले शपथ खायो भने— जुनसुकै कुरामा मानिसले सोच-विचार नगरी शपथ खान्छ— त्यसबाट त्यो कुरो छिपे तापनि त्यसले त्यो थाहा पाएपछि त्यस्तो कुरामा त्यो दोषी ठहरिनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल4 यदि कसैले कुनै कुरामा सोच-विचार नगरी किरिया खायो भने जब त्यसलाई आफूले गरेको दोष थाहा हुन्छ, तब ऊ दोषी ठहरिनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अथवा कसैले असल वा खराब केही गर्छु भनेर सोचविचारै नगरी शपथ खायो वा असावधानी भएर कुनै कुरामा शपथ खायो भने, र त्यसलाई त्यसको बारेमा ज्ञानै भएन, तर पनि जब त्यसले त्यो कुरालाई महसुस गर्छ, तब त्यो दोषी ठहरिनेछ। See the chapter |