लेवीहरू 20:24 - पवित्र बाइबल24 मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु म तिमीहरूलाई तिनीहरूको भूमि दिनेछु, अनि यो तिमीहरूको हुनेछ। यो भूमि दूध र महले भरिएको हुनेछ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएँ। “मैले तिमीहरूसित भिन्दै प्रकारले व्यवहार गरेको छु कारण तिमिहरूलाई मैले मेरो विशेष मानिसहरू बनाएको छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 तर मैले तिमीहरूलाई भनेको छु, “तिमीहरूले तिनीहरूको देश अधिकार गर्न पाउनेछौ, अनि दूध र मह बग्ने एक देश म तिमीहरूलाई दिनेछु।” तिमीहरूलाई अरू जातिहरूबाट अलग गर्ने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। See the chapterसरल नेपाली पवित्र बाइबल24 तर मैले यो धनी र मलिलो देश तिमीहरूको सम्पत्तिको निम्ति प्रतिज्ञा गरेको छु, म यो तिमीहरूलाई दिनेछु। म तिमीहरूका परमेश्वर हुँ र मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर मैले तिमीहरूलाई भनेको छु, “तिमीहरूले तिनीहरूको देश अधिकार गर्न पाउनेछौ। म त्यसलाई अर्थात् दूध र मह बग्ने देशलाई अधिकारस्वरूप तिमीहरूलाई दिनेछु।” म याहवेह नै तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु। See the chapter |