लेवीहरू 15:13 - पवित्र बाइबल13 “जब त्यो रोगी निको हुन्छ, उसले आफ्नो शुद्धिको निम्ति सात दिन पर्खियोस्, आफ्नो लुगा धोओस् अनि ताजा पानीले नुहाओस् अनि त्यो शुद्ध हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 “‘त्यो मानिस जब आफ्नो रोगबाट निको हुन्छ, तब त्यसले आफ्नो शुद्धिको लागि सात दिन गनोस्, र आफ्ना लुगा धोएर आफ्नो जीउ ताजा पानीले नुहाओस्, अनि त्यो शुद्ध हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल13 त्यो मानिस प्रमेह रोगबाट निको भएपछि त्यसले सात दिनसम्म पर्खनुपर्छ र त्यसपछि आफ्ना कपडा धुनुपर्छ र मूल फुटेर बहेको चोखो पानीले नुहाउनुपर्छ र त्यो विधिअनुसार शुद्ध हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘कुनै मानिस धातुस्रावबाट शुद्ध पारियो भने त्यसले आफ्नो शुद्धीकरणका लागि सात दिन गनोस्। त्यसले आफ्ना लुगा धोओस् र ताजा पानीले नुहाओस्, तब त्यो शुद्ध हुनेछ। See the chapter |