लेवीहरू 13:6 - पवित्र बाइबल6 अनि सातौं दिनमा पूजाहारीले त्यो घाउलाई एक पल्ट फेरि जाँच गर्नु पर्छ, र यदि त्यो घाउ मत्थर भएको छैन अनि छालाको अरू ठाउँतिर फिंजिएको छैन भने तब पूजाहारीले उसलाई शुद्ध घोषणा गर्नु पर्छ। त्यो केवल खटिरा हो। अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ अनि ऊ शुद्ध हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 सातौँ दिनमा पूजाहारीले त्यसलाई फेरि जाँच गर्दा रोग मत्थर भएको छ र छालामा फैलिएको छैन भने, पूजाहारीले त्यसलाई शुद्ध ठहराऊन्। त्यो खटिरो मात्र हो। त्यसले आफ्ना लुगा धोएर त्यो शुद्ध हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल6 फेरि सातौँ दिनमा पूजाहारीले त्यसको जाँच गरोस् र घाउ सुकेको छ, त्यो बढेको छैन भने त्यसलाई विधिअनुसार शुद्ध भनी ठहराओस्। त्यो एउटा खटिरा मात्र हो। त्यस मानिसले आफ्नो वस्त्र धोओस् र विधिअनुसार शुद्ध हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 सातौँ दिनमा पुजारीले त्यसलाई फेरि जाँच गर्दा त्यो घाउ मत्थर भएको छ, तर छालामा फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्! त्यो एउटा दाग मात्र हो। त्यस मानिसले आफ्ना लुगाहरू धोओस्, तब त्यो शुद्ध हुनेछ। See the chapter |