लेवीहरू 13:55 - पवित्र बाइबल55 लुगा धोएपछि पूजाहारीले त्यसलाई हेर्नु पर्छ अनि यदि ढुसीको दाग बद्ली भएको पाइन्छ अनि फिंजिएको छैन, यो अशुद्ध हुन्छ। यसलाई ढुस्सी अघि लागेको होस् अथवा पछि आगोमा जलाउनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण55 त्यो वस्तु धोएपछि पूजाहारीले जाँच गरून्, र ढुसी फैलिएको नभए तापनि आफ्नो रङ्ग बद्लेको छैन भने त्यो अशुद्ध हो। त्यो ढुसी भित्रपट्टि होस् वा बाहिरपट्टि होस्, त्यसलाई आगोमा जलाइदिनू। See the chapterसरल नेपाली पवित्र बाइबल55 त्यसपछि उसले त्यो फेरि जाँच्नेछ र ढुसी फैलिएको छैन तर त्यसको रङ्ग पनि बदलिएको छैन भने त्यो अझै अशुद्धै छ। त्यो अघिल्तिर वा पछिल्तिर, जतापट्टि कुहेको होस्, त्यसलाई तिमीहरूले जलाउनुपर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण55 त्यो संक्रमित लुगालाई धोइएपछि पुजारीले त्यसलाई पुनः जाँचोस्। अनि ढुसी फैलिएको छैन र त्यसको रूप बदलिएको छैन भने त्यो अशुद्ध हो। ढुसीले भित्री वा बाहिरी भाग असर पारेको भए तापनि त्यसलाई आगोले जलाइदिनू। See the chapter |