विलाप 2:6 - पवित्र बाइबल6 परमप्रभुले आफ्नो पाल यसरी उखाल्नु भयो, मानौ त्यो एउटा बगैंचा हो। जुन ठाँउमा मानिसहरू भेला भएर उहाँको पूजा गर्थे, उहाँले त्यस ठाउँलाई ध्वंश पार्नु भएको छ। उनीहरू कुनै विशेष पवित्र दिन सियोनमा विशेष सम्मेलन गर्थे। परमप्रभुले मानिसहरूलाई भुल्न लगाउनु भयो। परमप्रभुले राजा र पूजाहारीलाई त्याग्नु भयो। किनभने उहाँ रिसाउनु भएको थियो र त्याग्नु भएको हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 उहाँले आफ्नो पाल बारीको छाप्रोजस्तै भत्काइदिनुभयो, उहाँले आफ्नो भेट गर्ने ठाउँ नष्ट पार्नुभयो। परमप्रभुले सियोनका तोकिएका चाड़ र शबाथहरू दुवैको सम्झना मेटाइदिनुभयो। आफ्नो भयानक रीसमा उहाँले राजा र पूजाहारी दुवैलाई तिरस्कार गर्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल6 हामीले उहाँको आराधना गर्ने मन्दिरलाई उहाँले चकनाचुर पार्नुभयो, चाड मनाउने पवित्र दिनहरू र विश्राम दिनहरूलाई उहाँले बन्द गरिदिनुभएको छ। उहाँले आफ्नो भयानक रिसमा राजा र पूजाहारी दुवैलाई त्यागिदिनुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँले आफ्नो यरूशलेमको बासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ भत्काइदिनुभएको छ; अनि उहाँले आफ्नो सभाको स्थानलाई नष्ट पारिदिनुभएको छ। याहवेहले सियोनबाट तोकिएका चाडहरू र शब्बाथहरूको सम्झना मेटिदिनुभएको छ; उहाँले आफ्नो डरलाग्दो क्रोधमा राजा र पुजारी दुवैलाई तिरस्कार गर्नुभएको छ। See the chapter |