विलाप 2:17 - पवित्र बाइबल17 परमप्रभुले त्यही काम गर्नुभयो, जो उहाँले परिकल्पना गर्नुभएको थियो। उहाँले त्यही काम गर्नुभयो, जो उहाँले हामीहरूलाई गर्छु भन्नु भएको थियो। उहाँले त्यहि गर्न भयो जो धैरे समय वहाँले गर्नु चाहानुहुन्थ्यो। उहाँले कुनै दया नदेखिाईकन नष्ट गर्नु भयो। तिम्रो यो अवस्था देखेर तिम्रो शत्रुहरू अत्यन्तै खुशी भए। उहाँले तिम्रो शत्रुहरूलाई अत्यन्तै बलियो बनाउनुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 परमप्रभुले जे योजना गर्नुभएको थियो, उहिले उहाँले जे घोषणा गर्नुभएको थियो, त्यही वचन उहाँले पूरा गर्नुभयो। दयाविना उहाँले तँलाई पल्टाइदिनुभयो। उहाँले शत्रुलाई तँमाथि आनन्दित तुल्याउनुभयो, र तेरा वैरीहरूको शक्ति प्रबल पार्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल17 परमप्रभुले जे गर्न ठान्नुभएको थियो, अन्तमा त्यही वचन पूरा गर्नुभयो; उहाँले हामीलाई दयाबिना नै नाश पार्नुभएको छ, जसरी उहाँले हामीलाई उहिले नै चेतावनी दिनुभएको थियो। उहाँले हाम्रा शत्रुहरूलाई विजय दिनुभयो र उहाँले तिनीहरूलाई हाम्रो पतन भएकोमा आनन्द मनाउन दिनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 याहवेहले जे योजना गर्नुभएको थियो; उहाँले त्यही आफ्नो वचन पूरा गर्नुभएको छ, जुन वचन उहाँले धेरै समयअगि घोषणा गर्नुभएको थियो। उहाँले तँलाई दयाविना ध्वस्त गर्नुभएको छ; उहाँले तेरा शत्रुहरूलाई तँमाथि रमाउन दिनुभएको छ, र उहाँले तेरा शत्रुहरूका सिङ उच्च पारिदिनुभएको छ। See the chapter |