Online Bible

- Advertisements -




विलाप 2:13 - पवित्र बाइबल

13 सियोनको छोरी तिमीहरूलाई म कोसित तुलना गरूँ? हे सियोनकी कन्या-छोरी तिमीलाई म कोसित तुलना गरूँ? म तिमीहरूलाई कसरी सुख शान्ति दिनसक्छु। तिमीहरूको विनाश समुद्र झैं विशाल छ। तिमीहरूलाई कसले जाती पार्न सक्छ?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 हे यरूशलेमकी छोरी, तेरो निम्‍ति म के भनूँ? म केसित तेरो तुलना गरूँ? हे सियोनकी कन्‍ये-छोरी, सान्‍त्‍वनाको निम्‍ति तँलाई केसित तुलना गरूँ? तेरो चोट महासमुद्रजस्‍तै गहिरो छ। कसले तँलाई बिसेक गराउन सक्‍छ र?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 हे यरूशलेम, प्‍यारो यरूशलेम, तेरो निम्‍ति म के भन्‍न सक्‍छु? कसरी म तँलाई सान्‍त्‍वना दिऊँ? कसैले कहिले पनि यस्‍तो किसिमको कष्‍ट भोगेको छैन। तेरो चोट समुद्रको गहिराइजस्‍तै छ; त्‍यसको निको हुने आशा छैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हे यरूशलेमकी छोरी, तँलाई म के भनूँ? म तँलाई केसँग तुलना गरूँ? हे सियोनकी कुमारी छोरी, म तँलाई केसँग तुलना गरूँ? ताकि म तँलाई सान्त्वना दिन सकूँ? तेरो विनाशको चोट सागरझैँ गहिरो छ। तँलाई कसले निको पार्न सक्ला?

See the chapter Copy




विलाप 2:13

Follow us:

Advertisements


Advertisements