योनाको पुस्तक 4:5 - पवित्र बाइबल5 यी सबै कुराहरूले योना अझैपनि रिसाई रहेका थिए। यसकारण उनी शहर बाहिर गए। योना यस्तो शहरमा गए जुन शहर पूर्वी प्रदेशको नजिकमा थियो। योनाले त्यहाँ आफ्नो निम्ति छाप्रो बनाए। फेरि त्यसको छाँयाँमा बसेर यस्तो कुरा सोच्न थाले कि अब शहरमा के घट्ने हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब योना सहरबाट निस्केर त्यस सहरका पूर्वपट्टिको एउटा ठाउँमा गएर बसे। तिनले त्यहाँ एउटा छाप्रो बनाए, र त्यस सहरलाई के हुँदोरहेछ सो हेर्नलाई त्यसैको छायामा बसे। See the chapterसरल नेपाली पवित्र बाइबल5 योना सहरको पूर्वपट्टि निस्केर भूइँमा बसे। आफ्नो निम्ति एउटा छाप्रो बनाएर त्यसको छहारीमा उनी बसे। अनि निनवे सहरलाई के हुँदोरहेछ भनी हेर्न पर्खिबसे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 योना बाहिर निस्के, र सहरको पूर्वको एउटा ठाउँमा गएर बसे। त्यहाँ तिनले एउटा छाप्रो बनाए र त्यसको छायामा बसे; अनि सहरलाई के हुँदोरहेछ भनी हेर्नलाई पर्खिबसे। See the chapter |