Online Bible

- Advertisements -




योएलको पुस्तक 2:5 - पवित्र बाइबल

5 तिनीहरूलाई सुन! तिनीहरूको ध्वनि युद्घको समयमा रथ पहाडमा चढ्दा भएको खैला-बैला जस्तै हुन्छ। त्यो आवज भुस जलेर निस्केको आगोको ज्वाला जस्तै छ। एक हुल शक्तिशाली मानिसहरू युद्घका निम्ति तत्पर हुँदाको जस्तै हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 रथहरू कुदेको आवाजझैँ पहाड़का टाकुरामा ती कुद्‌छन्, झिँजामिजाहरूलाई भस्‍म गर्ने आगोका ज्‍वालाको आवाजझैँ, लड़ाइँको निम्‍ति पङ्‌क्ति बाँधेको बलियो सेनाझैँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरूले पर्वतहरूमाथि उफ्रँदा रथहरूझैँ घररर आवाज निकाल्‍छन्। सुखा घाँसमा आगो सल्‍केझैँ तिनीहरू चररर आवाज निकाल्‍छन्। एउटा ठूलो सेना लडाइँ गर्नलाई तयार भएझैँ तिनीहरूले पङ्‌क्ति बाँधेका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 रथहरूका आवाजसँगै पराल भस्म गर्नलाई दन्केको आगोजस्तै, युद्धको निम्ति तयार शक्तिशाली सेनाहरूजस्तै, तिनीहरू पहाडका टाकुराहरूमाथि उफ्रन्छन्।

See the chapter Copy




योएलको पुस्तक 2:5

Follow us:

Advertisements


Advertisements