Online Bible

- Advertisements -




यर्मिया 8:6 - पवित्र बाइबल

6 मैले तिनीहरूलाई खुब होशियारीसित हेरेको छु अनि सुनेको छु। तिनीहरू सही कुरा बोल्दैनन्। तिनीहरू आफूले गरेको पापमा दु:खी छैनन्, अनि भन्दैनन्, मैले के गरें? युद्ध भूमिमा दौडिरहेको घोडाहरू जस्तै तिनीहरू आफ्नै बाटोमा हिँडिरहेका छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 मैले ध्‍यान दिएर सुनेको छु, तर तिनीहरू ठीक कुरा बोल्‍दैनन्‌। “मैले के गरेको छु र?” भनी कुनै मानिस पनि आफ्‍नो दुष्‍टतादेखि पश्‍चात्ताप गर्दैन। घोड़ा लड़ाइँमा अगि कुदेर गएझैँ, हरेक आफ्‍नै बाटोतिर लाग्‍दछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 मैले ध्‍यान दिएर कुरा सुनें, तिमीहरूले साँचो कुरा गर्दै गरेनौ। तिमीहरूमध्‍ये एक जनाले पनि आफ्‍नो दुष्‍ट्याइँको निम्‍ति पश्‍चात्ताप गरेका छैनौ, एक जनाले पनि ‘मैले के दुष्‍ट्याइँ गरें’ भनी सोचेको छैन। घोडा लडाइँमा सोझै कुदेर गएझैँ हरेक आफ्‍नै बाटोमा लागेको लाग्‍यै छौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मैले ध्यानपूर्वक सुनेको छु, तर तिनीहरूले सही के हो, त्यो बोल्दैनन्। तिनीहरू, “मैले के गरेको छु र?” भन्दै, कसैले पनि आफ्नो दुष्‍टताको पश्‍चात्ताप गर्दैनन्। युद्धको निम्ति घोडा जाइलागेझैँ, तिनीहरू हरेक आफ्नै मार्गमा चलेका छन्।

See the chapter Copy




यर्मिया 8:6

Follow us:

Advertisements


Advertisements