Online Bible

- Advertisements -




यर्मिया 8:16 - पवित्र बाइबल

16 दानबाट शत्रुहरूका घोडाहरूको स्वाँ-स्वाँ आवाज हामी सुन्छौं। घोडाहरूको हिनहिनाइले सम्पूर्ण जमीन काम्छ। यो जमीन र यसमा भएका प्रत्येक वस्तु नष्ट पार्न शत्रुहरू आएका छन्। तिनीहरू यो शहर यसमा बसो-बास गर्ने सबै मानिसहरू नष्ट पार्न आएका छन्।’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 शत्रुहरूका घोड़ाहरूका स्‍वाँ-स्‍वाँ गर्ने आवाज दानबाट सुनियो, उनीहरूका जवान घोड़ाहरूका हिनहिनाइको आवाज सुन्‍दा सारा देश नै काम्‍दछ। उनीहरूले देश र त्‍यसमा भएका सबै थोकलाई, सहर र त्‍यसमा बस्‍ने सबैलाई निलिहाल्‍न आएका छन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 हाम्रा शत्रुहरू दानको सहरमा आइपुगे, तिनीहरूका घोडा हिंडाएको हामी सुन्‍दछौं। ती घोडाहरू हिन्हिनाउँदा सबै देश थर्कमान हुँदछ। तिनीहरू हाम्रा देश, त्‍यहाँ भएका सबै थोक, हाम्रा सहर र त्‍यहाँका सबै बासिन्‍दाहरू नाश पार्नलाई आएका छन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 दानबाट शत्रुका घोडाहरूका आवाज सुनिँदैछ। तिनीहरूका घोडाहरूको हिनहिनाएको आवाजमा सारा देश थरथर काम्दछ। तिनीहरू देश र त्यसमा भएका हरेक कुराहरू, सहर र त्यहाँ बस्‍ने सबै मानिसहरूलाई नाश गर्न आएका छन्।

See the chapter Copy




यर्मिया 8:16

Follow us:

Advertisements


Advertisements