यर्मिया 50:37 - पवित्र बाइबल37 तरवार, बाबेलका घोडाहरू, रथहरूलाई मार। अन्य देशका भाडाका सिपाहीहरूलाई मार ताकि तिनीहरू स्त्रीहरू जस्तो डराउन्। तरवार, बाबेलको गाडधनहरूमाथि जाइलाग ताकि तिनीहरू लुटिउन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण37 त्यसका घोड़ाहरू र रथहरू र त्यसका बीचमा भएका सारा विदेशी फौजहरूका विरुद्धमा तरवार परेको छ! तिनीहरू स्त्रीहरूझैँ हुनेछन्। ती लुटिऊन् भनेर तरवार त्यसका धनको विरुद्धमा परेको छ! See the chapterसरल नेपाली पवित्र बाइबल37 त्यसका घोडा र रथहरूको नाश गर! त्यसका ज्यालादार सेनाहरूको मृत्यु होस्! तिनीहरू कति दुर्बल छन्! त्यसका धनका भण्डारहरू नाश गर, ती लुटपिट र हारालुछ गर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण37 त्यसका घोडाहरू, रथहरू र त्यसका साथमा रहेका सबै विदेशीहरूको विरुद्धमा तरवार चलेको छ! तिनीहरू स्त्रीहरूझैँ दुर्बल हुनेछन्। तिनीहरूका धनका भण्डारहरूको विरुद्धमा तरवार परेको छ! ती धनका भण्डारहरू लुटिनेछन्। See the chapter |