यर्मिया 50:29 - पवित्र बाइबल29 “काँडहरू हान्ने मानिसहरूलाई बोलाऊ, तिनीहरूलाई बाबेलमाथि काँड हान्नु भन। शहर घेराबन्दी गर्नु भन। कसैलाई पनि नछोड। तिनीहरूका कुकर्मका फल देऊ। अन्य जातिहरूलाई जसो गरेकी थिई त्यसलाई त्यसै गर, किनभने इस्राएलका एक मात्र पवित्र परमप्रभु विरूद्ध बाबेलले विद्रोह गरेको हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 “बेबिलोनको विरुद्धमा काँड़ हान्नेहरूलाई आह्वान गर, धनुर्धारीहरू सबैलाई! त्यसका चारैतिर छाउनी बनाएर घेरा लगाओ। कोही पनि उम्कन नपाओस्। त्यसका कामअनुसार त्यससँग बदला लेओ, त्यसले गरेझैँ त्यसलाई गर, किनकि त्यसले परमप्रभु इस्राएलका परमपवित्रलाई निन्दा गर्यो। See the chapterसरल नेपाली पवित्र बाइबल29 “बेबिलोनमाथि हमला गर्न धनुर्धारीहरूलाई भन्। धनुकाँड चलाउन सक्ने सबैलाई पठा। सहरलाई घेरामा ले र कसैलाई भाग्न नदे। त्यसले जे गर्यो, त्यसको बदला ले। त्यसले अरूलाई जे गरेथ्यो, त्योसित त्यसै गर् किनभने त्यसले घमण्डसित म इस्राएलका पवित्र परमेश्वरको विरोध गरेको थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “धनुकाँड चलाउन सक्ने सबै सिपालु धनुर्धारीहरूलाई बेबिलोनको विरुद्धमा बोलाओ। त्यसका चारैतिर छाउनी बनाएर घेरा लगाओ; एउटै पनि भाग्न नपाओस्। त्यसले गरेका कामहरूको बदला लेओ; त्यसले जस्तो गरेकी छे, त्यसलाई त्यस्तै व्यवहार गर। किनकि त्यसले इस्राएलका याहवेह पवित्र परमेश्वरलाई घमण्डसाथ अवहेलना गरेकी छे। See the chapter |