यर्मिया 50:26 - पवित्र बाइबल26 “सुदूरदेशबाट पनि बाबेलको विरूद्ध आऊ। अन्न-भण्डारहरू तोडी देऊ, अन्नको थुप्रो झैं बाबेललाई थुपार अनि बाबेललाई पूर्ण नष्ट पार, र कसैलाई पनि बाँच्न नदेऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण26 टाढ़ाटाढ़ाबाट त्यसको विरुद्धमा आओ। त्यसका अन्नका ढुकुटीहरू फुटाएर खोल। अन्न थुपारेझैँ त्यसलाई थुपार। त्यसलाई बिलकुलै सर्वनाश गर। त्यसको केही पनि बाँकी नरहोस्। See the chapterसरल नेपाली पवित्र बाइबल26 त्यसलाई चारैपट्टिबाट हमला गर्! त्यसका अन्नका ढुकुटीहरू तोडिदे! अन्न थुपारेझैँ त्यसलाई एक थुप्रो बनाइदे! त्यस देशलाई पूरा नाश गर्! कसैलाई पनि नछोड्! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 टाढा देशबाट बेबिलोनको विरुद्धमा आओ। त्यसका अन्नका भण्डारहरू भत्काइदेओ; बेबिलोनलाई अन्नको थुप्रोझैँ थुपारी देओ। त्यसलाई पूर्ण रूपमा नाश गरिदेओ, र त्यसको लागि कसैलाई बाँकी नराख। See the chapter |