यर्मिया 5:22 - पवित्र बाइबल22 परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ? तिमीहरू मेरो अघि डरले काम्दैनौ? अँहँ। त्यो म नै हुँ जसले सागरको लागि सीमाना झैं तट बनाएँ। सागरले बालुवा ननागोस् भनी मैले यो एउटा स्थायी नियम बनाएँ। सागरमा छालहरू उठेर आउँछन्, तर तिनीहरूले नष्ट पार्न सक्तैनन्। छालहरू गर्जन्छन् तर तट नाग्न सक्तैनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 के तिमीहरूले मेरो भय मान्नुपर्दैन?” परमप्रभु भन्नुहुन्छ। “के तिमीहरू मेरो उपस्थितिमा काम्नुपर्दैन? मैले बालुवालाई समुद्रले नाघ्न नसक्ने निरन्तर रहने अवरोधको सिमाना ठहराइदिएँ। छालहरू उठे तापनि तिनीहरू त्यसमाथि विजयी हुन सक्दैनन्। ती गर्जे तापनि त्यसलाई नाघ्न सक्दैनन्। See the chapterसरल नेपाली पवित्र बाइबल22 म परमप्रभु हुँ, तिमीहरू मसित डराउनुपर्दैन र? किन मेरो अगाडि थरथर काम्दैनौ? मैले समुद्रलाई बालुवाको सिमाना लाइदिएँ। त्यो समुद्रले नाँघ्न नसक्ने एउटा अटल घेरो भएको छ। समुद्रका छालहरू उठ्लान् तर त्यो सिमाना पार गर्न सक्दैन। ती छालहरू गर्जलान् तर त्यसलाई तोडेर नाँघ्न सक्दैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 के तिमीहरू मेरो भय मान्दैनौ?” याहवेह घोषणा गर्नुहुन्छ। “के तिमीहरू मेरो उपस्थितिमा काम्दैनौ? मैले बालुवालाई समुद्रको निम्ति सिमाना ठहराएको छु, समुद्रले सधैँका निम्ति नाघ्न नसक्ने सिमाना बनाएको छु। छालहरू उर्ले तापनि त्यस सिमानालाई नाघेर जान सक्दैनन्; तिनीहरू गर्जेलान्, तर त्यसलाई नाघ्न सक्दैनन्। See the chapter |