यर्मिया 48:29 - पवित्र बाइबल29 “हामीले मोआबको घमण्ड सुनेकाछौं, ऊ अत्यन्तै घमण्डी थियो। र उसले आफैं ठूलो हुँ भन्ने ठान्थ्यो। ऊ आफैं गर्वाम्बित थियो। ऊ अतिनै घमण्डी थियो।” See the chapterनेपाली नयाँ संशोधित संस्करण29 “मोआबको घमण्डको बारेमा हामीले सुनेका छौं— त्यसको नचाहिँदो घमण्ड र चढ़ेको शेखी, र त्यसको घमण्डका कुरा अनि त्यसको हृदयको अहङ्कारको बारेमा हामीले सुनेका छौं! See the chapterसरल नेपाली पवित्र बाइबल29 मोआब साह्रै अहङ्कारी छ! त्यहाँका मानिसहरू कस्ता घमण्डी, सेखीवाल र अहङ्कारी छन् र आफैंलाई कति ठूला छौं भनी सम्झन्छन्, त्यसका घमन्डको बारेमा मैले सुनेको छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “हामीले मोआबको घमण्डको बारेमा सुनेका छौँ— त्यसको घमण्ड अति ठूलो छ! त्यसको अहङ्कार, त्यसको घमण्ड र अभिमान; अनि त्यसका हृदयको सेखीको बारेमा सुनेका छौँ। See the chapter |