Online Bible

- Advertisements -




यर्मिया 46:5 - पवित्र बाइबल

5 मैले के देखें? सिपाहीहरू भयभीत छन्, अनि भागिरहेका छन्। ती वीर सेनाहरू, परास्त भइरहेका छन्। पछि नहेरी तिनीहरू हतारिएर भागिरहेका छन्। त्यहाँ वरिपरि त्रास छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 म के देख्‍दैछु? तिनीहरू त डराएका छन्‌। तिनीहरू पछि हट्‌दैछन्‌। तिनीहरूका योद्धाहरूले हार खाए। तिनीहरू चाँड़ो-चाँड़ो गरी भाग्‍दैछन्‌। तिनीहरू पछि हेर्दैनन्, चारैतिर त्रासै-त्रास छ,” परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 “म के देख्‍दछु?” परमप्रभुले सोध्‍नुहुन्‍छ, “तिनीहरू डरले भाग्‍दै छन्। तिनीहरूका योद्धाहरू पछि हट्दै छन्, हार खाएर डरले जति सक्‍छन्, छिटो भाग्‍दै छन् र पछिल्‍तिर नहेरी भाग्‍दै छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर म के देख्दैछु? ती इजिप्टियन सेनाहरू त्रसित भएका छन्; तिनीहरू पछि हट्दैछन्; तिनीहरूका योद्धाहरू हारेका छन्। तिनीहरू पछाडि नहेरी हतार-हतार भाग्दैछन्; अनि त्यहाँ चारैतिर त्रास नै त्रास फैलिएको छ,” याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy




यर्मिया 46:5

Follow us:

Advertisements


Advertisements