यर्मिया 46:4 - पवित्र बाइबल4 घोडाहरू तैयार पार सिपाहीहरू, आफ्नो घोडाहरूमाथि चढेर, युद्धभूमिमा जाऊ। लडाइँको टोपहरू लगाऊ। भालाहरू तीखो पार, र झिलम लगाऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 घोड़ाहरूमा जीन-लगाम कस। हे घोड़चढ़ी हो, सवार होओ। लड़ाइँका टोप लगाएर आफ्नो ठाउँमा खड़ा होओ। तिमीहरूका भाला टल्काओ। तिमीहरूका कवच लगाओ। See the chapterसरल नेपाली पवित्र बाइबल4 घोडाका काठी-लगाम कसी र घोडा चढी सवार होओ! आफ्नो पङ्क्तिमा खडा होओ र लडाइँको टोप लगाओ! आफ्ना भालाहरू उध्याओ! आफ्ना कवचहरू लगाओ।’ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 घोडाहरूमा जीन-लगाम कस्, र घोडाहरूमाथि चढ्! लडाइँका टोप लगाएर आफ्नो पङ्क्तिमा खडा हो! आफ्ना भालाहरू टल्का; आफ्ना हातहतियारहरूले सुसज्जित हो! See the chapter |