Online Bible

- Advertisements -




यर्मिया 44:17 - पवित्र बाइबल

17 हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउछौ भनी प्रतिज्ञा गरेका छौं र हामीले जे प्रतिज्ञा गरेका छौं त्यही गर्ने छौं। हामी बलिदानहरू चढाएउँछौ अनि उनको पूजामा हामी उनलाई अर्घबलि खन्याउँछौं। पहिले पनि हामीले यसै गरेका थियौं हाम्रा पिता-पुर्खाहरू, हाम्रा राजाहरू तथा हाम्रा अधिकारीहरूले विगतमा त्यसै गरे। यहूदा शहर र यरूशलेमको गल्लीहरूमा पनि हामीले त्यसै गर्यौं। त्यस समयमा हामीले स्वर्गकी रानीको पूजा गर्यौ र हामीसँग प्रशस्त भोजनहरू थियो। हामी सफल भयौं हामीलाई केही भएको थिएन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 तर हामीले भनेको हरेक काम हामी अवश्‍य पूरा गर्नेछौं। हामी र हाम्रा पिता-पुर्खाले र हाम्रा राजाहरू र अधिकारीहरूले यहूदाका नगरहरूमा र यरूशलेमका गल्‍लीहरूमा स्‍वर्गकी रानीको निम्‍ति धूप बालेझैँ र अर्घ-बलि चढ़ाएझैँ हामी पनि चढ़ाउनेछौं। त्‍यस बेला हामीले प्रशस्‍त खान पाउँथ्‍यौँ। हाम्रो फलिफाप भएको थियो, र हामीलाई कुनै किसिमको हानि भएको थिएन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 हामीले गर्छौं भनेका सबै थोक हामी गर्नेछौं। स्‍वर्गकी रानी हाम्री देवीलाई हामी त्‍यसरी नै बलि चढाउनेछौं र हाम्रो अर्धबलि पनि चढाउनेछौं, जसरी हामी र हाम्रा पुर्खा, राजा र अगुवाहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाउने गर्थ्यौं। त्‍यति बेला हामीसित प्रसस्‍त खानेकुरा थियो, हाम्रो फलिफाप भएको थियो र हामीलाई दु:ख-कष्‍ट थिएन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 हामीले गर्छौँ भनेका सबै कुरा हामी अवश्य गर्नेछौँ: हामी र हाम्रा पितापुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अधिकारीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा पहिले गरेझैँ, हामी स्वर्गकी रानीलाई धूप बाँल्नेछौँ र तिनलाई अर्घबलि चढाउनेछौँ। त्यस बेला हामीसँग प्रशस्त भोजन थियो र हामी सम्पन्‍न थियौँ; अनि हामीमाथि कुनै विपत्ति आएको थिएन।

See the chapter Copy




यर्मिया 44:17

Follow us:

Advertisements


Advertisements